यातायात समितिहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन « Khabarhub

यातायात समितिहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले यातायात समिति तथा व्यवसायीहरुको रोक्का रहेका बैंक खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सरकारले यातायात समितिहरु खारेज गर्दै कम्पनीमा दर्ता गर्नु पर्ने निर्णय गरेपछि यातायात समिति तथा व्यवसायीहरुको बैंक खाता रोक्का गरिएको थियो ।

यातायात क्षेत्रमा भएको सिण्डिकेट तोड्न सरकारले गरेको यो निर्णयसँगै यातायात समितिहरु खारेज भएर कम्पनीमा दर्ता भएपछि राष्ट्र बैंकले रोकिएका खाता फुकुवा गर्न भनेको हो ।

अर्थमन्त्रालयले २०७५ वैशाख २३ गते दुई सय ४३ वटा यातायात समितिहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बन्द भएका सबै खाता खुलाउन गत साउन १६ गते मन्त्रिपरिषद्ले नै निर्णय गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसबारे अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत १२ गते पत्राचार गरेपछि बैंक खाता फुकुवा गर्न पत्राचार गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । रोक्का भएका समितिहरुको बैंक खातामा भएको रकम कम्पनीको खातामा परिवर्तन गर्ने गरी राष्ट्र बैंकले फुकुवा गरेको हो ।

अर्थको पत्राचारपछि प्रदेश नम्बर १ का ३२, प्रदेश २ का १०, प्रदेश ३ का ११८, प्रदेश ४ का २४, प्रदेश ५ का ४०, प्रदेश ६ का १२ र प्रदेश ७ का ९ गरी २४३ वटै समितिका बैंक खाता राष्ट्र बैंकले बन्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ५६ बजे

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी