१९ वर्षीय युवतीलाई सामूहिक बलात्कार अभियोगमा ९ जना पक्राउ « Khabarhub

१९ वर्षीय युवतीलाई सामूहिक बलात्कार अभियोगमा ९ जना पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी–  १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।

सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रीमलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अभियुक्त भागेर विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । फरार एक जनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुस्ता–३ फेनहरा बस्ने वर्ष ४५ को सुरेन्द्र यादव, सोही ठाउँ बस्ने वर्ष २५ का मनमोहन राजभर, वर्ष २२ का शिवराज राजभर, वर्ष ३७ का भीमलाल मुसहर, वर्ष २२ का सन्दिप यादव, वर्ष २२ कै राजु मुसहर, वर्ष ४० का नेत्र चौधरी, वर्ष १९ का पिल्टु चौधरी र वर्ष १९ का अमरनाथ भेडिहार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका सबैविरुद्ध जबरर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : ३५ बजे

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा