सरकारले राष्ट्रिय हित मजबूत हुने गरी काम गर्नुपर्ने नेता रावलको जोड « Khabarhub

सरकारले राष्ट्रिय हित मजबूत हुने गरी काम गर्नुपर्ने नेता रावलको जोड


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रियहितलाई सर्वोपरी राखी हरेक नागरिक अघि बढ्नुपर्ने बताएका छन्। प्रेस सङ्गठनले सदरमुकाम मङ्गलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले यो बेला अझै राष्ट्रियहित मजबूत हुने गरी काम गर्नुपर्ने बताए ।

नेता रावलले विगतमा नेपाली कांग्रेसले राष्ट्रियतामा आघात पर्ने थुप्रै काम गरेको आरोप लगाउँदै अब त्यस्ता काम निस्तेज गर्दै अघि बढ्नुपर्ने र यसमा आफूले आवाज उठाइरहेको जिकिर गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले पार्टी एकताको कामले छिटो पूर्णता पाउनुपर्ने र यसबाट पार्टी तथा सरकारका कामलाई सही ढङ्गले जनतासमक्ष लैजान सहयोग पुग्ने बताए ।

पार्टी एकता जति ढिलो भयो त्यतिनै कार्यकर्तामा निराशा, पार्टीलाई नोक्सान र सरकारका राम्रा काम जनसमक्ष प्रस्तुत हुन नसक्ने उनले धारणा राखे ।

स्थानीय तहदेखि सुशासन तथा पारदर्शीतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेता रावलले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उखेल्नुपर्ने बताए ।

विगतदेखि नै आफूले अपरकर्णाली, पश्चिम सेती विद्युत् आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्ने माग राख्दै आएको नेता रावलले बताए । उनले अपरकर्णाली जलविद्युत् आयोजना दुई–दुई पटक म्याद थप्दा पनि प्रवर्द्धक कम्पनी जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेकाले पटक–पटक राज्यले एउटा कम्पनीसँग परियोजना विकास सम्झौता विपरीत म्याद थप्न नहुनेमा जोड दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : २२ बजे

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’