ओमान सिरिजः आयरल्याण्डविरुद्ध इतिहास रच्ने दाउमा नेपाल « Khabarhub

ओमान सिरिजः आयरल्याण्डविरुद्ध इतिहास रच्ने दाउमा नेपाल


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानमा जारी पाँच देशीय टी ट्वान्टी क्रिकेट अन्तर्गत आज नेपालले टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ ।

नेपाली समय अनुसार सवा ११ बजे हुने खेलमा नेपाल आयरल्याण्डविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा रहेको छ ।
जारी प्रतियोगितामा नेपाल अपराजित टोली हो । पहिलो खेलमा हङ्कङलाई चार विकेटले हराएको नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि चार विकेटकै रोमाञ्चक जित निकालेको थियो ।

सिरिज जित्नका लागि आयरल्याण्डविरुद्धको खेल महत्वपूर्ण हुनेछ । यदी नेपालले आयरल्याण्डलाई हराएको खण्डमा टेष्ट मान्यता टिमविरुद्द नेपालको पहिलो जित हुनेछ ।

ओमानसँग पराजति भएको आयरल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि सहज भने देखिदैन । नेपाली टिमका कप्तान पारस खड्काले आयरल्याण्ड टिम बलियो भए पनि नेपालले राम्रो खेलेमा जित असम्भव नहुने बताए ।

आयरल्याण्डले भने यो सिरिजको अन्तिम खेल खेल्दैछ । यसअघिको तीन खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको आयरल्याण्डले ओमानसँग भने ४३ रनको पराजय भोगेको थियो । हङकङलाई भने उसले ६६ रनले हराएको थियो ।

टी २० क्रिकेटमा नेपाल र आयरल्याण्ड दोस्रो पटक खेल्न लागेका हुन । यसअघि २०१५ मा भएको विश्वकप छनोटमा नेपाल आयरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै