रावण बध मेलाः अजङ्गको रावणको प्रतिमालाई तिरले हानेर लडाइयो « Khabarhub

रावण बध मेलाः अजङ्गको रावणको प्रतिमालाई तिरले हानेर लडाइयो


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बडादशैँ पर्वमा देवी दुर्गाको पूजा आराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा भने रामायण गाथा गाइने गरिन्छ ।

मटिहानीमा वर्षेनी ‘रावण बध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरी दशमीका दिन रावणरुपी दुष्ट प्रवृतिको अन्त्य भएको खुशियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

नवरात्रभरि (असोज शु्क्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान लडाइँ भएको र दशमीका दिन मर्यादा पुरुष श्रीरामले रावणलाई ढाल्नुभएको विश्वासमा मटिहानीमा रावणबध मेलाको आयोजन परम्परादेखि हुँदै आएको छ ।

दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई श्रीरामको भूमिकाका कलाकारले तिरले हानेर लडाएपछि विजय उत्सव मनाइदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।

रावण बध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् । यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नुभएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गर्नुभएको विश्वास गरिन्छ ।

रावणबध मेलाका अवसरमा अशोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ ।

रावणबध भएपछि साधुसन्तलाई भोजन गराई दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने गरिन्छ । श्रीरामले रावणको संहार गर्नुभएको र देवीले महिषासुरसहितका दैत्यको मर्दन गर्नुभएको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वान्को मत छ ।

देवीको लडाइँ सत्य युगमा र श्रीरामको त्रेता युगमा भए पनि दुवै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजयादशमीमा रावणबध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ८ : ५४ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय