रावण बध मेलाः अजङ्गको रावणको प्रतिमालाई तिरले हानेर लडाइयो | Khabarhub Khabarhub

रावण बध मेलाः अजङ्गको रावणको प्रतिमालाई तिरले हानेर लडाइयो


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बडादशैँ पर्वमा देवी दुर्गाको पूजा आराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा भने रामायण गाथा गाइने गरिन्छ ।

मटिहानीमा वर्षेनी ‘रावण बध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरी दशमीका दिन रावणरुपी दुष्ट प्रवृतिको अन्त्य भएको खुशियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

नवरात्रभरि (असोज शु्क्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान लडाइँ भएको र दशमीका दिन मर्यादा पुरुष श्रीरामले रावणलाई ढाल्नुभएको विश्वासमा मटिहानीमा रावणबध मेलाको आयोजन परम्परादेखि हुँदै आएको छ ।

दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई श्रीरामको भूमिकाका कलाकारले तिरले हानेर लडाएपछि विजय उत्सव मनाइदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।

रावण बध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् । यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नुभएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गर्नुभएको विश्वास गरिन्छ ।

रावणबध मेलाका अवसरमा अशोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ ।

रावणबध भएपछि साधुसन्तलाई भोजन गराई दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने गरिन्छ । श्रीरामले रावणको संहार गर्नुभएको र देवीले महिषासुरसहितका दैत्यको मर्दन गर्नुभएको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वान्को मत छ ।

देवीको लडाइँ सत्य युगमा र श्रीरामको त्रेता युगमा भए पनि दुवै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजयादशमीमा रावणबध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ८ : ५४ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको