सीको भ्रमणमा देशको आवश्यकतालाई हेरेर सम्झौता गर्न सुझाव « Khabarhub

सीको भ्रमणमा देशको आवश्यकतालाई हेरेर सम्झौता गर्न सुझाव


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले देशको आवश्यकतालाई हेरेर चीनसँग सम्झौता गर्न सुझाव दिएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा हुने सम्झौतामा देशलाई प्राथमिकतामा राखेर सम्झौता गर्न महतले सरकारलाई सुझाव दिए ।

राजधानीमा आयोजित कार्यक्रममा डा.महतले नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एसियाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आईतबार हुँदैछ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो ।

राष्ट्रपति विद्या भण्डारीको मैंत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ४ : २५ बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि