सीको भ्रमणमा देशको आवश्यकतालाई हेरेर सम्झौता गर्न सुझाव « Khabarhub

सीको भ्रमणमा देशको आवश्यकतालाई हेरेर सम्झौता गर्न सुझाव


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले देशको आवश्यकतालाई हेरेर चीनसँग सम्झौता गर्न सुझाव दिएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा हुने सम्झौतामा देशलाई प्राथमिकतामा राखेर सम्झौता गर्न महतले सरकारलाई सुझाव दिए ।

राजधानीमा आयोजित कार्यक्रममा डा.महतले नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एसियाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आईतबार हुँदैछ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो ।

राष्ट्रपति विद्या भण्डारीको मैंत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ४ : २५ बजे

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले