महरा अरु अभियुक्तसँगै थुनुवा कक्षमा « Khabarhub

महरा अरु अभियुक्तसँगै थुनुवा कक्षमा


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको मुखमा बलात्कार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमै तीन रात बिताएका छन् ।

उनलाई अरु अभियुक्त जस्तै पुरुष थुनुवा कक्षमा राखिएको छ । प्रहरीका अनुसार सिंहदरबास्थित प्रहरी वृत्तमा दुईवटा थुनुवा कक्ष छन् । एउटा महिला र अर्को पुरुष थुनुवा कक्ष ।

महरा उच्च रक्तचापका बिरामी भएकाले उनलाई राखिएको कोठामै अक्सिजन राखिएको छ । महरालाई प्रहरी अस्पतालकै चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्ने व्यवस्था समेत मिलाइएको छ ।

थुनुवा कक्षमा रहेका महरालाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही पनि पुगेका छैनन् । प्रहरीले समेत परिवारबाहेक अन्यलाई भेट्न दिएको छैन ।

महरालाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । यसपालीको दशैँको टीका समेत नलगाएका महरालाई प्रहरी अधिकृतको मेसअनुसारको खानेकुराको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । तर महराका परिवारले समेत बेलाबेलामा खानेकुरा ल्याइदिने गरेका छन् । थुनुवा कक्षमा महराले बेलाबेलामा पुस्तकहरु समेत पढिरहेको देखिने गरेको प्रहरीले जनाएको छ ।

देशभर दशैँको रमझम चलिरहेका बेला गत आइतबार महाअष्टमीका दिन बेलुका प्रहरीले महरालाई पक्राउ गरेको थियो।

संसद् सचिवालयकै एक कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएपनि सरकारी निवास छाडेका थिएनन् ।

दुई दिनअघि महराविरुद्ध जाहेरी परेपनि प्रहरीले उनलाई दुईदिनपछि मात्रै पक्राउ परेका हुन् । तर महाअष्टमीको विदाका दिन समेत काठमाडौँ जिल्ला अदालतका न्यायाधीशको पक्राउ गर्ने अनुमतिपछि महरालाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरी पक्राउ गरिएको थियो ।

उनलाई पक्राउ गर्न पुगेको प्रहरी उनलाई आफ्नै गाडीमा जाने उनको इच्छा पुरा गर्न तयार देखियो, र महरा आफ्नै नीजि गाडी चढेर सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगे । जहाँ उनी तीन दिनदेखि प्रहरीको थुनुवा कक्षमा छन् ।

देशभरीका सबै अदालतहरु दशैँ विदाका कारण बन्द रहेका कारण उनलाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : ४९ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा