भीमार्जुनले सोधे-धनी राष्ट्रको पाहुना आउँदा रातारात हुँने काम अरु समयमा किन हुँदैन ? « Khabarhub

भीमार्जुनले सोधे-धनी राष्ट्रको पाहुना आउँदा रातारात हुँने काम अरु समयमा किन हुँदैन ?


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद डा.भीमार्जुन आचार्यले चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि निर्माण गरिएको संरचनाबारे चासो राखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन् भनेर प्रश्न गरेका छन् ।

सरकारले धनी विदेशीका अगाडि हातखुट्टा नै पसार्ने शासक किन जनताका काम गर्न सक्दैनन् भनेर सोधेका छन् । उनले पाहुनाको स्वागत गर्नुपर्ने भन्दै सरकारले देखाएको प्रवृत्ति भने गलत भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् : ‘धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन? चाबहिल जोरपाटी सडक कै अवस्थालाई लिऊँ । कुन हालतमा त्यो सडक छ आज ? यो त सरासर जनतालाई नटेरेको कुरा हो। जनताप्रति कुनै जवाफदेहिता नरहने, जनतालाई टेर्नु पनि नपर्ने, जनतालाई आफ्ना कार्यकर्ता भन्दा फरक नदेख्ने तर विदेशी नामको जेसुकै चीज भएपनि उसका अगाडि हातखुट्टा नै पसार्ने शासक कसरी जनताका हुन सक्छन्? पाहुनाको सत्कारको प्रश्न होइन, त्यो गरौ। प्रश्न प्रवृत्तिको, आखिर कहिले सम्म यस्तो?’

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ८ : ५६ बजे

 एमालेको महाधिवेशन : भोट हाल्न लाइन लाग्दै प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले