टी–ट्वान्टीमा एमसीसीसँग नेपाल ११३ रनले पराजित « Khabarhub

टी–ट्वान्टीमा एमसीसीसँग नेपाल ११३ रनले पराजित


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको ट्वान्टी–ट्वान्टी क्रिकेटमा पराजय व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालको मिक्स टिम एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७६ रन समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएको एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र ती दिवसीय (फस्ट क्लास) क्रिकेट खेलिसकेको छ ।

तीन दिवसीयमा एमसीसीसँग २ सय ८ रनले पराजित भएको नेपालले एक दिवसीयमा भने एमसीसीलाई ५ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : ०२ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी