भूमि फिर्ता लिन सरकारले गर्ने पहलमा कांग्रेसको पूर्ण साथ – देउवा | Khabarhub Khabarhub

भूमि फिर्ता लिन सरकारले गर्ने पहलमा कांग्रेसको पूर्ण साथ – देउवा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता लिन सरकारले पहल गर्नु पर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी पूर्व प्रधानन्त्रीसमेत रहेका सभापति देउवाले गुमेका भूभाग फिर्ता लिन सरकारले पहल गर्नु पर्ने धारणा राखेका हुन् ।

देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको रहेको र कालापानी पश्चिमको नदि महाकाली नदि भएको बताउँदै सो पूर्वका सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नु पर्ने र यसका लागि कांग्रेसको पूर्ण साथ रहने बताए ।

प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा सहभागी पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री, कुटनीतिज्ञले सीमाका विषयमा कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ८ : ३९ बजे

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष