राष्ट्रपतिद्वारा विश्व मानव अधिकार दिवसकाे शुभकामना | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा विश्व मानव अधिकार दिवसकाे शुभकामना


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ ।”

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा खुशी व्यक्त गरेकी छन् ।

“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा उनले भनेकी छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : २१ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण