पोखरामा सोनिकासँग पूर्वयुवराज पारसको मस्ती ! « Khabarhub

पोखरामा सोनिकासँग पूर्वयुवराज पारसको मस्ती !


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज पारस शाह पछिल्लो समय चर्चासँगै आलोचित बनिरहेका छन् । युट्युबर सोनिका रोकायासँगको हिचमिचका कारण पारस चर्चासँगै आलोचित बनेका हुन् ।

हालै पारस र सोनिकाले पोखरामा मस्ती गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । युटुबर सोनिकाले पारससँग पोखरामा गरेको रमाइलोलाई युट्युबमार्फत् सार्वजनिक गरेकी हुन् ।

उक्त भिडियोमा उनीहरु हेलिकप्टरमा उडेकोदेखि सँगै रमाइलो गरेकोसम्मका दृष्य समेटिएका छन् । जहाँ सोनिकाले उनीसँग विताएको क्षणलाई महत्वका साथ वर्णन गरेकी छिन् ।

भिडियोमा सोनिका र पारस पोखराको फेवा तालमा एउटा डुंगामा देखिन्छन् । पारस डुंगाको पछिल्लो भागमा बसेका देखिन्छन् भने सोनिका अघिल्लो भागमा बसेर भिडियो लिइरहेकी हुन्छिन् ।

भिडियोकै क्रममा पारसले चुरोट निकालेर सल्काउँछन् । सोनिकाले सार्वजनिक हुने भिडियोमा त्यसो नगर्न आग्रह गर्छिन । पछि पारसले आफु जस्तो छु त्यस्तै देखिन चाहेको बताएपछि सोनिकाले पनि सहमति जनाउँछिन् ।

उनले भन्छिन् तपाई जस्तो हुनुहुन्छ हामी त्यस्तै स्वीकार गर्छौं । तर पारसले त्यसमा असहमति जनाएपछि सोनिकाले फेरि भन्छिन् तपाईले मलाई स्वीकार गर्नुभएको छ ।

सोनिकाले पारसका बारेमा आउने गरेका समाचारका बारेमा प्रश्न गर्छिन । तपाई यस्तो राम्रो हुुनुहुन्छ तर न्युजमा पनि किन के के आउँछ ? त्यसो भन्दा पारसले पूरा जवाफ दिन्नन् उनी भन्छन्– न्युजमा त के के ….।’

सोनिकाले तपाईको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ? भन्ने प्रश्न गर्दा उनले आफ्नो लागि देश, परिवार र संस्कार नै आफ्नो जीवनमा महत्व राख्ने पारस बताउँछन् । हाम्रो संस्कारमा परिवार नै भगवान हो उनले भन्छन् ।

पछिल्लो समय सोनिका र पारसको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा हुने गर्छ । केही समय पहिले आफूलाई राजावादी नभन्न पारसले आफ्ना समर्थकलाई गरेको टिप्पणी पनि निकै भाइरल बनेको थियो ।

तस्वीर- भिडियोबाट

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : २८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग