श्रीअन्तुको होमस्टेमा आगलागी, २६ लाख बराबरको क्षति « Khabarhub

श्रीअन्तुको होमस्टेमा आगलागी, २६ लाख बराबरको क्षति


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरवासमा सोमबार आगलागी हुँदा २६ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको फ्याफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ ।

आगलागीबाट चार तोला सुन, पाँच लाख नगद, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विजय राईले जानकारी दिए ।

काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । छिटो स्थानीय भेला भएका कारण ठूलो क्षति हुन नपाएको बताइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : १० बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता