मंगगलबार पनि तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

मंगगलबार पनि तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० निर्धारण गरेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ४०० ले घटेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । मंगलबार चाँदीको मूल्यमा प्रतितोला ५ ले घटेर ८३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

गत बुधबार छापावाला सुन प्रतितोला ७२ हजार २०० र तेजाबी सुन ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनको मूल्य बिहीबार प्रतितोला  २००, शुक्रबार ३००, आइतबार  ५०० र सोमबार प्रतितोला  २०० रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ५२ बजे

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई