आफन्तलाई बिना पास रंगशाला छिराउने प्रहरी– पत्रकारले भिडियो खिच्दा कुटपिट « Khabarhub

आफन्तलाई बिना पास रंगशाला छिराउने प्रहरी– पत्रकारले भिडियो खिच्दा कुटपिट


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षामा खटिएका प्रहरीले टिकट नै नकाटेका आफन्तलाई फुटबल हेराउन रंगशाला छिराउन खोज्ने प्रहरीले पत्रकारलाई कुटपिट गरेको विषय सार्वजनिक भएको छ ।

नेपाल पत्रकार महासंघले गरेको स्थलगत निरीक्षणका क्रममा केही सुरक्षा अधिकारीहरुले आफ्ना मान्छेलाई बिना पास रंगशाला छिराउन लागेको भिडियो खिच्ने क्रममा प्रहरीले पत्रकारलाई कुटपिट गरेको भेटिएको हो ।

समाचार संकलनका लागि दशरथ रंगशाला पुगेको पत्रकार सुमन चापागाईं कुटिएपछि पत्रकार महासंघको टोलीले घटनाको स्थलगत रुपमा अध्ययन गरेको जनाएको छ ।

घटनाको भत्र्सना गर्दै महासंघले विज्ञप्तीमा लेखेको छ, ‘आज (मंगलबार) विहान दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईंमाथि लाठी प्रहार गरेका थिए ।’

प्रहरी नायव उपरीक्षक (डिएसपी) राठौर महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका इञ्चार्ज हुन् ।

महासंघले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनका लागि खटिएका पत्रकारमाथि कुटपिट हुनु आपत्तिजनक भएको उल्लेख गर्दै कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि तत्काल कारबाही गर्न समेत माग गरेको छ ।

महासंघले संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताएको छ ।

प्रहरीको यस्तो ‘हर्कत’ले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ४ : ०५ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार