प्रधानमन्त्री ओली अस्पतालबाट उपचारपछि बालुवाटार फर्किए  « Khabarhub

प्रधानमन्त्री ओली अस्पतालबाट उपचारपछि बालुवाटार फर्किए 


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि बालुवाटार फर्किएका छन् ।

मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्रीको डायलाइसीस गरिएपछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकका अनुसार अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम नामक एन्टिबायोटिक दिइएको थियो ।

याे उनको नियमित डायलाइसीस हो । अर्को महिनादेखि प्रधानमन्त्री निवास बालुवाटारमै उनको डायलाइसीसको व्यवस्था गरिने चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्री ओलीको हिजै डाइलाइसीस गर्नुपर्ने भएपनि मन्त्रिपरिषद् बैठकका कारण आज गर्न गरिएको हो ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसमार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो ।

प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि यही मङ्सिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ५३ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट