धान कुटाउने मिलमा बेरिएर महिलाको मृत्यु « Khabarhub

धान कुटाउने मिलमा बेरिएर महिलाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए ।

शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताए ।

सल बेरिएर मिलको पट्टामा अल्झिन पुग्नुभएकी थारूको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ११ : १६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका