कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बिया– कोलम्बियामा भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दक्षिणी शहर सान होजे डेल गुआभिरेबाट भियाभिकेनिको उडेको विमान डग्लस डीसी ३ विमान सान कार्लो डे गुआरोआ शहरनजिक दुर्घटनाग्रस्त भएको कोलम्बियाका नागरिक उड्ययन निकायले जनाएको छ ।

अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार सबै १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भाउपेस प्रान्तको एउटा सानो शहरका मेयर पनि रहेका छन् । स्थानीय समयअनुसार शनिबार बिहान १० बजेर ४० मिनेटमा विमानले आपतकालीन सन्देश पठाएको जनाइएको छ ।

विमान दुर्घटना हुनुको कारणबारे स्पष्ट भइनसकेको अधिकारीले जनाएका छन् । विमान उडाउनुअघि जाँच गर्दा विमानको प्राविधिक पक्ष पनि ठिक रहेको तथा विमान चालकको स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको विमान सेवा प्रदायक कम्पनी लेजर एरियो एअरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ३ : ११ बजे

नुवाकोट १ (ख) बाट प्रदेशसभामा कांग्रेसका रमेशकुमार महत विजयी

काठमाडौँ- नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

काठमाडौँ- राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

दार्चुलामा नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- दार्चुलाको व्यास गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको

सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : ऊर्जामन्त्री भुसाल

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सुकुम्बासीमाथि बल प्रयोग

बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका