भूमाफियाद्वारा राणाकालीन ६ दरबार हडप्ने प्रयास « Khabarhub

भूमाफियाद्वारा राणाकालीन ६ दरबार हडप्ने प्रयास


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिति २०७५ चैत २७ गते मंगलबार । आजका पत्रपत्रिकाले सर्वोच्च अदालतले एनसेल लाभकर सम्बन्धमा गरेको फैसलाको समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । ‘एनसेलसँग तीन महिनाभित्र लाभकर उठाउनू’ शीर्षकमा आजको राजधानी दैनिकले एनसेलबाट ६० अर्ब ७१ करोड भन्दा बढी असुुल हुने जनाएको छ ।

त्यस्तै राजधानीले निजी विद्यालयको मनपरी शीर्षकमा अर्को समाचार छापेको छ । नयाँ शैक्षिकसत्र शुरु हुनै लाग्दा काठमाडौंसहित देशभरका अधिकांश निजी विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा मनपरी रकम असुल्ने गरेका छन् । यसले अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् ।

सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा निजी विद्यालयहरुमा यस्तो बेथिति देखिएको हो । निजी विद्यालयले आर्थिक शोषणका गर्ने माध्यमका रुपमा तोकिएकै स्टेशनरीबाट पुस्तक किन्न दबाब दिने, विद्यार्थी पोसाकमा सिन्डिकेट, फरक फरक शीर्षकमा शूल्क लगायतलाई बनाउने गरेका छन् ।

त्यस्तै पात्रिकाले अझै किचलोमै कांग्रेस शीर्षकमा अर्को समाचार छापेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगको नेपाली कांग्रेस आन्तरिक कलहकै कारण झनै किचलोमा फस्दै गएको छ ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई सही ठाउँमा राख्न नसक्ने नेतृत्वले दुई तिहाइको सत्तासँग लड्न नसक्ने दाबी गर्दै दमन र दबाबमा पार्टी नचल्ने तर्क गरेको समाचारमा जनाइएको छ ।

यस्तै पत्रिकाले बजेट अभावमा गैंडा गण्ना अन्योल शीर्षकमा अर्को समाचार छापेको छ । बजेट अभावका कारण एकसिंगे गैंडाको गणना कार्य अन्योलमा परेको समाचारमा जनाइएको छ ।

राजधानी दैनिकले १ हजार २ सय ९८ रोपनी जग्गाको अवस्था अन्योल शीर्षकमा ६ राणाकालीन दरबारमाथि नै भूमाफियाले चलखेल गरेको उल्लेख अर्को समाचार छापेको छ ।

हडप्ने प्रयास गरिएका सरकारी जग्गाहरुमा ललिता निवास बालुवाटार, लक्ष्मी निवास महाराजगन्ज, बरबमहल कुरिया गाउँ, हरिहर भवन ललितपुर पुल्चोक, महावीर भवन नक्सा र सीता भवन नक्साल भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ६ : २१ बजे

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्