भूमाफियाद्वारा राणाकालीन ६ दरबार हडप्ने प्रयास « Khabarhub

भूमाफियाद्वारा राणाकालीन ६ दरबार हडप्ने प्रयास


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिति २०७५ चैत २७ गते मंगलबार । आजका पत्रपत्रिकाले सर्वोच्च अदालतले एनसेल लाभकर सम्बन्धमा गरेको फैसलाको समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । ‘एनसेलसँग तीन महिनाभित्र लाभकर उठाउनू’ शीर्षकमा आजको राजधानी दैनिकले एनसेलबाट ६० अर्ब ७१ करोड भन्दा बढी असुुल हुने जनाएको छ ।

त्यस्तै राजधानीले निजी विद्यालयको मनपरी शीर्षकमा अर्को समाचार छापेको छ । नयाँ शैक्षिकसत्र शुरु हुनै लाग्दा काठमाडौंसहित देशभरका अधिकांश निजी विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा मनपरी रकम असुल्ने गरेका छन् । यसले अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् ।

सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा निजी विद्यालयहरुमा यस्तो बेथिति देखिएको हो । निजी विद्यालयले आर्थिक शोषणका गर्ने माध्यमका रुपमा तोकिएकै स्टेशनरीबाट पुस्तक किन्न दबाब दिने, विद्यार्थी पोसाकमा सिन्डिकेट, फरक फरक शीर्षकमा शूल्क लगायतलाई बनाउने गरेका छन् ।

त्यस्तै पात्रिकाले अझै किचलोमै कांग्रेस शीर्षकमा अर्को समाचार छापेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगको नेपाली कांग्रेस आन्तरिक कलहकै कारण झनै किचलोमा फस्दै गएको छ ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई सही ठाउँमा राख्न नसक्ने नेतृत्वले दुई तिहाइको सत्तासँग लड्न नसक्ने दाबी गर्दै दमन र दबाबमा पार्टी नचल्ने तर्क गरेको समाचारमा जनाइएको छ ।

यस्तै पत्रिकाले बजेट अभावमा गैंडा गण्ना अन्योल शीर्षकमा अर्को समाचार छापेको छ । बजेट अभावका कारण एकसिंगे गैंडाको गणना कार्य अन्योलमा परेको समाचारमा जनाइएको छ ।

राजधानी दैनिकले १ हजार २ सय ९८ रोपनी जग्गाको अवस्था अन्योल शीर्षकमा ६ राणाकालीन दरबारमाथि नै भूमाफियाले चलखेल गरेको उल्लेख अर्को समाचार छापेको छ ।

हडप्ने प्रयास गरिएका सरकारी जग्गाहरुमा ललिता निवास बालुवाटार, लक्ष्मी निवास महाराजगन्ज, बरबमहल कुरिया गाउँ, हरिहर भवन ललितपुर पुल्चोक, महावीर भवन नक्सा र सीता भवन नक्साल भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ६ : २१ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी