तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने | Khabarhub Khabarhub

तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोहीअनुसार अन्तिम निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले निरीक्षण गरेका थिए ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमाक्षेत्रदेखि बसेरीसम्म चिनियाँले र बाह्रबिसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताए ।

उच्चस्तरीय टोलीले निर्माणाधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गरेको थियो । केही समस्या भएको ठाउँमा तत्कालै काम सम्पन्न गर्न मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए ।

सुख्खा बन्दरगाहा निर्माणकार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले नेपालका उच्चस्तरीय प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो । चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको र त्यही जानकारी आफूहरुलाई गराएको प्रतिनिधिमण्डलमा रहेका सांसद सापकोटाले जानकारी दिए । सोही दिन सञ्चालन गर्ने गरी अहिले २४सै घण्टा काम भइरहेको छ ।

नेपालका उच्चस्तरीय टोलीलाई चिनियाँ पक्षले अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्न आफूहरु लागिपरेको जानकारी गराएका थिए । नाका क्षेत्रमा सरकारका उच्च अधिकारीहरुले निरीक्षण गरेपछि यस क्षेत्रका स्थानीयवासी र जनप्रतिनिधि खुशी भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : १८ बजे

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला