तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने « Khabarhub

तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोहीअनुसार अन्तिम निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले निरीक्षण गरेका थिए ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमाक्षेत्रदेखि बसेरीसम्म चिनियाँले र बाह्रबिसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताए ।

उच्चस्तरीय टोलीले निर्माणाधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गरेको थियो । केही समस्या भएको ठाउँमा तत्कालै काम सम्पन्न गर्न मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए ।

सुख्खा बन्दरगाहा निर्माणकार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले नेपालका उच्चस्तरीय प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो । चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको र त्यही जानकारी आफूहरुलाई गराएको प्रतिनिधिमण्डलमा रहेका सांसद सापकोटाले जानकारी दिए । सोही दिन सञ्चालन गर्ने गरी अहिले २४सै घण्टा काम भइरहेको छ ।

नेपालका उच्चस्तरीय टोलीलाई चिनियाँ पक्षले अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्न आफूहरु लागिपरेको जानकारी गराएका थिए । नाका क्षेत्रमा सरकारका उच्च अधिकारीहरुले निरीक्षण गरेपछि यस क्षेत्रका स्थानीयवासी र जनप्रतिनिधि खुशी भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : १८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन