पहिलो पटक सगरमाथा नाप्न जान लागेको नेपाली टोलीलाई गरे प्रधानमन्त्रीले बिदाइ « Khabarhub

पहिलो पटक सगरमाथा नाप्न जान लागेको नेपाली टोलीलाई गरे प्रधानमन्त्रीले बिदाइ


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन् ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर  बिदाइ गरेका हुन् ।

उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल छन् । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताए । प्रधानमन्त्री ओलीले आरोहीहरुलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गर्नुहुँदै पथप्रर्दशकको निर्देशनअनुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले आरोहणकार्य चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १२ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन