वर्ष ०७५ मा नेपाली फिल्म उद्योग– भारतीयदेखि टर्किस फिल्मबाट हुबहु चोरी ! « Khabarhub

वर्ष ०७५ मा नेपाली फिल्म उद्योग– भारतीयदेखि टर्किस फिल्मबाट हुबहु चोरी !


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको शुरुवातसम्म फिल्म ‘शत्रु गते’ कै चर्चा थियो । किनकि, यो फिल्मले वर्षको अन्ततिर आउँदा बक्स अफिसमा गज्जबको व्यापार गरेको थियो । हलमा दर्शक तान्न सफल बनेको थियो फिल्म ।

नयाँ वर्षको शुरुवातमा नयाँ फिल्मले भने दर्शकको ध्यानसमेत तान्न सकेका थिएनन् । यद्यपि केही फिल्मले राम्रै हल्ला मच्चाइरहेका थिए । वैशाखको शुरुवातदेखि नै फिल्म ‘कोहलपुर एक्सप्रेस’ को पनि चर्चा थियो । फिल्मको चर्चा हुनुका दुई कारण थिए, एउटा महिला कलाकारहरुको शीर्ष भूमिका र अर्को केकी अधिकारी निर्मात्री ।

यी दुवै कारणले फिल्मलाई राहत दिएन । रिलिजअघि त फिल्मको राम्रै तारिफ थियो, रिलिजपछि भने फिल्म एकाएक डुब्यो । यसको कारण थियो, फिल्म चोरी ।

जब फिल्म रिलिज भयो, यो फिल्मको कथा हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट चोरी भएको प्रमाणित भयो । एकातिर फिल्म युनिटले ‘करोडको व्यापार’ गरेको भन्दै केक काट्यो, अर्कातिर फिल्म चोरीको भएको थाहा पाएपछि हलमा जान इच्छुक दर्शक पनि हलसम्म गएनन् । फिल्म छोटो समयमा नै उत्रियो ।

फिल्मले सबैभन्दा ठूलो घाटा नायिका तथा निर्मात्री केकी अधिकारीलाई लाग्यो । किनकि, फिल्मको कथा लेखकले चोरे पनि आरोप भने केकी अधिकारी नै लाग्यो ।

यसै वर्षको साउनमा रिलिज भएको फिल्म ‘झमक बहादुर’ सोही हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट नै चोरी भएको खुल्यो । अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाउन सकेन । किनकि, दर्शकले यो फिल्म पनि पहिले नै चोरी भएको भन्ने थाहा पाए । फिल्म चोरी भएपछि झन् असफल भयो ।

वर्षको अन्ततिर रिलिज भएको प्रदीप खड्का अभिनित फिल्म ‘लभ स्टेशन’ पनि चोरीको साबित भयो । यो फिल्म टर्कीका दुई फिल्मबाट चोरी गरी बनाइएको भन्ने थाहा भएपछि प्रदीपका फ्यानले समेत आक्रोश पोखे । मेकिङका हिसाबले फिल्म औसत भए पनि प्रदीपको स्टारडमका कारणले चल्ने अनुमान गरिएको थियो । फिल्मको चोरीको भन्ने दर्शकले थाहा पाएपछि प्रदीपको क्रेज घट्यो ।

त्यसो त अन्य नेपाली फिल्मले पनि कतै न कतैबाट प्रभावित भएको आरोप खेपे । तर यी तीन फिल्मले भने सलक्कै कथा उठाएको आरोप खेप्नुपर्‍यो ।

 

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : २५ बजे

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका