वर्ष ०७५ मा नेपाली फिल्म उद्योग– भारतीयदेखि टर्किस फिल्मबाट हुबहु चोरी ! « Khabarhub

वर्ष ०७५ मा नेपाली फिल्म उद्योग– भारतीयदेखि टर्किस फिल्मबाट हुबहु चोरी !


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको शुरुवातसम्म फिल्म ‘शत्रु गते’ कै चर्चा थियो । किनकि, यो फिल्मले वर्षको अन्ततिर आउँदा बक्स अफिसमा गज्जबको व्यापार गरेको थियो । हलमा दर्शक तान्न सफल बनेको थियो फिल्म ।

नयाँ वर्षको शुरुवातमा नयाँ फिल्मले भने दर्शकको ध्यानसमेत तान्न सकेका थिएनन् । यद्यपि केही फिल्मले राम्रै हल्ला मच्चाइरहेका थिए । वैशाखको शुरुवातदेखि नै फिल्म ‘कोहलपुर एक्सप्रेस’ को पनि चर्चा थियो । फिल्मको चर्चा हुनुका दुई कारण थिए, एउटा महिला कलाकारहरुको शीर्ष भूमिका र अर्को केकी अधिकारी निर्मात्री ।

यी दुवै कारणले फिल्मलाई राहत दिएन । रिलिजअघि त फिल्मको राम्रै तारिफ थियो, रिलिजपछि भने फिल्म एकाएक डुब्यो । यसको कारण थियो, फिल्म चोरी ।

जब फिल्म रिलिज भयो, यो फिल्मको कथा हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट चोरी भएको प्रमाणित भयो । एकातिर फिल्म युनिटले ‘करोडको व्यापार’ गरेको भन्दै केक काट्यो, अर्कातिर फिल्म चोरीको भएको थाहा पाएपछि हलमा जान इच्छुक दर्शक पनि हलसम्म गएनन् । फिल्म छोटो समयमा नै उत्रियो ।

फिल्मले सबैभन्दा ठूलो घाटा नायिका तथा निर्मात्री केकी अधिकारीलाई लाग्यो । किनकि, फिल्मको कथा लेखकले चोरे पनि आरोप भने केकी अधिकारी नै लाग्यो ।

यसै वर्षको साउनमा रिलिज भएको फिल्म ‘झमक बहादुर’ सोही हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट नै चोरी भएको खुल्यो । अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाउन सकेन । किनकि, दर्शकले यो फिल्म पनि पहिले नै चोरी भएको भन्ने थाहा पाए । फिल्म चोरी भएपछि झन् असफल भयो ।

वर्षको अन्ततिर रिलिज भएको प्रदीप खड्का अभिनित फिल्म ‘लभ स्टेशन’ पनि चोरीको साबित भयो । यो फिल्म टर्कीका दुई फिल्मबाट चोरी गरी बनाइएको भन्ने थाहा भएपछि प्रदीपका फ्यानले समेत आक्रोश पोखे । मेकिङका हिसाबले फिल्म औसत भए पनि प्रदीपको स्टारडमका कारणले चल्ने अनुमान गरिएको थियो । फिल्मको चोरीको भन्ने दर्शकले थाहा पाएपछि प्रदीपको क्रेज घट्यो ।

त्यसो त अन्य नेपाली फिल्मले पनि कतै न कतैबाट प्रभावित भएको आरोप खेपे । तर यी तीन फिल्मले भने सलक्कै कथा उठाएको आरोप खेप्नुपर्‍यो ।

 

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : २५ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने