नौ बुँदे मागसहित राजपाले देशव्यापी प्रदर्शन गर्दै | Khabarhub Khabarhub

नौ बुँदे मागसहित राजपाले देशव्यापी प्रदर्शन गर्दै


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार सबै जिल्लामा प्रर्दशन तथा कोणसभा गर्ने भएको छ ।

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो । रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपा सडक आन्दोनमा उत्रिएको हो ।

त्यसैगरी राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको प्रवक्ता केशव झाले जानकारी दिए ।

त्यस्तै जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका माग अघि सारिएको महासचिव झाले बताए ।

बैठकमा महाधिवेशनको तयारीका बारेका पनि छलफल भएको र बैठक बिहीबार पुन बस्ने राजपाले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ५५ बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज