डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु « Khabarhub

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको दुर्घटनामा २१ वर्षीया युवती मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासको मृत्यु भएको छ । उनी एक निजी कम्पनीले आयोजना गरेको बन्जी जम्पिङ कार्यक्रममा सहभागी भएकी थिइन् ।

सञ्चारमाध्यमका अनुसार कर्मचारीहरूले उनलाई सुरक्षा डोरी नबाँधी पुलबाट हाम फाल्न लगाएका थिए । त्यसपछि उनी करिब १३० फिटभन्दा बढी गहिरो खोँचमा खसेकी थिइन् । दुर्घटना साओ पाउलोस्थित ‘स्केलेटन ब्रिज’मा भएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा युवतीलाई पुलको किनारमा लगेर हाम फाल्न लगाइएको देखिन्छ। उनी तल खस्न थालेपछि मात्रै त्यहाँ रहेका मानिसहरूले सुरक्षा डोरी नबाँधिएको थाहा पाएका थिए ।

भिडियोमा धेरै मानिसहरूले ‘रोप, रोप’ भन्दै चिच्याएको सुनिन्छ। तर त्यतिबेलासम्म ढिला भइसकेको थियो र युवती गहिरो खोँचमा खसिसकेकी थिइन् ।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै ६ जनालाई नियन्त्रणमा लिएको छ। सुरक्षा प्रक्रियामा लापरबाही भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

दुर्घटनाभन्दा केही समयअघि मारियाले सामाजिक सञ्जालमा बन्जी जम्पिङ स्थलका तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । एउटा तस्बिरमा पुल र उनको जम्पिङ रिस्टब्यान्ड देखिएको थियो । उनले ठट्टा गर्दै ‘मलाई पुलबाट हाम फाल्न कसले ल्यायो रु’ भन्ने आशयको क्याप्सनसमेत लेखेकी थिइन् ।

रिपोर्टका अनुसार दुर्घटनाका बेला उनका हुनेवाला पति पनि घटनास्थलमै उपस्थित थिए । युवतीको मृत्युको खबरपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र उपचार गर्नुपरेको बताइएको छ ।

घटनापछि ब्राजिलमा बन्जी जम्पिङजस्ता साहसिक खेलहरूको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ९ : ५० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको