साइबर अपराध रोक्न प्रहरीलाई दिइयो तालिम « Khabarhub

साइबर अपराध रोक्न प्रहरीलाई दिइयो तालिम


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउन पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौं र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा छैटौं समूहको उक्त तालिममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालिम वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।

सो अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान चुनौतीपूर्ण बन्दै गइरहेको भन्दै अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताए ।

तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलापको अनुसन्धान जटिल बन्दै गएकाले प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिएको जानकारी गराए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन