सलमानले किन बिहे गर्दैनन् ? बुबाले खुलाए यस्तो राज « Khabarhub

सलमानले किन बिहे गर्दैनन् ? बुबाले खुलाए यस्तो राज


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेलाई लिएर विभिन्न गसिप बनिरहन्छन् । फ्यानलाई सलमानले कहिले बिहे गर्लान् भन्ने चासोको विषय बन्छ । उनका नजिकका आफन्तहरुले पनि उनको बिहेलाई लिएर खुबै चासो देखाउँछन् ।

अन्तर्वार्तामा पनि जब बिहेको कुरा उठ्छ, उनले यो बारेमा खासै खुलेर बोल्दैनन् । मजाक बनाएर उडाइदिन्छन् । हालै भने सलमान खानका बुबाले यसबारेमा एउटा राजको खुलासा गरेका छन् ।

एक अन्तर्वार्ताका दौरान सलमानका पिता सलीमले भने, ‘जब सलमान कसैसँग सम्बन्धमा हुन्छन् त पहिले सबै ठीक चलिरहेको हुन्छ, सबै राम्रो हुँदै गइरहेको हुन्छ, तर केही समयपछि सलमानले ती युवतीमा आमाको छवि र आफ्नो बानी खोज्न थाल्छ ।’

सलमानले आफ्नी आमालाई निकै धेरै माया गर्छन् । समय हुनासाथ उनी आफ्नी आमासँग समय बिताउन पुगिहाल्छन् । सलमान खानको जन्मदिनमा साथी मात्र होइन, आमा पनि सामेल हुन्छिन् । व्यस्त समयका बावजूद उनी आफ्नी आमासँग नजिकै हुन सधै कोशिश गरिरहेका हुन्छन् ।

सलमान खानले आफ्नो बारेमा मात्र होइन, आफूसँग जोडिएका अरुका बारेमा पनि सोच्ने गर्छन् । सलमान खान यति प्रिय छन् कि, उनलाई फ्यानले सुल्तान र भाइ का रुपमा उत्तिकै सम्मान गर्छन् । उनको फिल्म ‘भारत’ ईदको मौका पारेर रिलिज हुँदैछ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १० : ११ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका