आजदेखि तीन दिन भारतसँगको सीमा नाका हुँदैछ बन्द « Khabarhub

आजदेखि तीन दिन भारतसँगको सीमा नाका हुँदैछ बन्द


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही–  आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द हुने भएको छ । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द हुने भएको हो ।

नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन ।

“केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन”, प्रमुख जिल्ला अधिकारी रानाले भने । करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो । भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ । भारतको सो जिल्लासँग रुपन्देहीको ककरहवा नाका जोडिएको छ ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ११ : ३८ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा