चेन्नई विरुद्ध सन्दीपको सम्भावना न्यून « Khabarhub

चेन्नई विरुद्ध सन्दीपको सम्भावना न्यून


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शुक्रबार) दोस्रो क्वालिफायर खेल हुँदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली र चेन्नई सुपर किङ्सबीचको खेल हुँदैछ । आज बेलुका पौने ८ बजे हुने खेलमा साविक विजेता टोली चेन्नईलाई पराजित गर्दै दिल्ली इतिहास रच्ने लक्ष्यमा रहेको छ ।

तेस्रो पटक क्वालिफायरमा स्थान बनाएको दिल्ली यो सिजनको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ भने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको चेन्नई पुनरागमन गर्दै चौथो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । समूह चरणमा तेस्रो भएको दिल्लीले इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै चेन्नईसँगको भेट पक्का गरेको हो ।

युवा खेलाडीको व्रचश्व रहेको दिल्लीविरुद्ध भारतका अनुभवी खेलाडी महेनद्रसिंह धोनीको टिम मैदान उत्रिदा दिल्लीका लागि इतिहास रच्ने अवसर हुनेछ भने चेन्नई आफ्नो प्रभुत्व कायम गर्ने लक्ष्यमा हुनेछ ।

दिल्लीले यसअघिको टोलीलाई नै आजको खेलमा पनि मैदान उर्तार्ने सम्भावना रहेको छ । कुनै पनि टिमले आफ्नो लयमा रहेको टिमलाई मैदान उर्तादै आएको छ । त्यसैले क्वालिफायरमा नेपाली लेगस्पिनरले भने स्थान पाउन निकै कम मात्रै सम्भावना छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ३ : २१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु