चेन्नई विरुद्ध सन्दीपको सम्भावना न्यून « Khabarhub

चेन्नई विरुद्ध सन्दीपको सम्भावना न्यून


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शुक्रबार) दोस्रो क्वालिफायर खेल हुँदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली र चेन्नई सुपर किङ्सबीचको खेल हुँदैछ । आज बेलुका पौने ८ बजे हुने खेलमा साविक विजेता टोली चेन्नईलाई पराजित गर्दै दिल्ली इतिहास रच्ने लक्ष्यमा रहेको छ ।

तेस्रो पटक क्वालिफायरमा स्थान बनाएको दिल्ली यो सिजनको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ भने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको चेन्नई पुनरागमन गर्दै चौथो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । समूह चरणमा तेस्रो भएको दिल्लीले इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै चेन्नईसँगको भेट पक्का गरेको हो ।

युवा खेलाडीको व्रचश्व रहेको दिल्लीविरुद्ध भारतका अनुभवी खेलाडी महेनद्रसिंह धोनीको टिम मैदान उत्रिदा दिल्लीका लागि इतिहास रच्ने अवसर हुनेछ भने चेन्नई आफ्नो प्रभुत्व कायम गर्ने लक्ष्यमा हुनेछ ।

दिल्लीले यसअघिको टोलीलाई नै आजको खेलमा पनि मैदान उर्तार्ने सम्भावना रहेको छ । कुनै पनि टिमले आफ्नो लयमा रहेको टिमलाई मैदान उर्तादै आएको छ । त्यसैले क्वालिफायरमा नेपाली लेगस्पिनरले भने स्थान पाउन निकै कम मात्रै सम्भावना छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ३ : २१ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक