बालक अपहरणको आरोपमा चार जना पक्राउ « Khabarhub

बालक अपहरणको आरोपमा चार जना पक्राउ


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चारलाई पक्राउ गरेको छ ।

मामाको बिहेमा जन्ती गएका बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद भनिने जोगवीर यादव र तिरहुत गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले रामअवतारलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा अन्य तीन पक्राउ परेका हुन् । रामअवतारलगायतकाले बालकको अपहरण गरेको भन्दै बालकका बुबा जागेश्वर यादवले यही वैशाख १८ गते दिएको किटानी उजुरी दर्ता गरी रामअवतारलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनकै वयानका आधारमा अपहरणमा संलग्न सत्येन्द्र, जोगवीर र वीरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ४९ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका