वैदेशिक रोजगारीमा जानेलाई ३ दिने अभिमुखीकरण तालिम, कक्षामा बसेको भिडियो अनिवार्य | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जानेलाई ३ दिने अभिमुखीकरण तालिम, कक्षामा बसेको भिडियो अनिवार्य


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई विदेश जानुअघि अनिवार्य तीन दिने अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था लागू गर्ने लागेको छ ।

वैदेशिक रोजगार अभिमुखीकरण तालिमको पाठयक्रम परिवर्तन गरेर नयाँ व्यवस्था गर्ने लागिएको वैदेशिक रोजगार प्रवद्र्ध बोर्डले जनाएको छ । बोर्डले पुरानो अभिमुखीकरण तालिमसम्बन्धी पाठयक्रम संशोधन गरेर नयाँ पाठयक्रमलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गरेको जनाएको छ।

हाल, वैदेशिक रोजगारीमा जाने कामदारले एक दिन मात्र अभिमुखीरकण तालिम लिनुपर्ने व्यवस्था थियो । यो व्यवस्था परिवर्तन गरेर रोजगारीको खोजीमा विदेश जाने कामदारले अनिवार्य तीन दिन अधिमुखीकरण तालिम लिनुपर्ने भएको हो । उक्त पाठयक्रम मन्त्रालयबाट पारित भएर आएपछि रोजगारीमा जाने कामदारले रोजगारीमा जानुअघि तीन दिने अभिमुखीकरण तालिम दिनुपर्छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिमुखिकरण तालिम कम भएको भन्दै चौतर्फी आवाज उठेपछि पाठयक्रम नै परिवर्तन गरेर यसको सममअवधि बृद्धि गरेको वोर्डका कार्याकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘रोजगारीका लागि विदेश जाने कामदारले आगामी दिनमा अभिमुखिकरण तालिम देशअनुसार फरक–फरक लिनुपर्ने नयाँ पाठ्यक्रममा व्यवस्था गरिएको छ । तालिम लिएको फुटेज अनिवार्य बोर्डमा आएपछि मात्र श्रम स्वीकृति जारी गर्न गरि पाठयक्रम बनाइएको छ ।’

आगामी दिनमा वैदेशिक रोजगारीमा जाने कामदारलाई स्थानीय तहबाट पनि अभिमुखीकरण तालिम लिन मिल्ने गरि पठ्यक्रममा व्यवस्था गरिएको उनको भनाइ छ ।

हाल वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अभिमुखीकरण तालिमको राम्रो व्यवस्था नहुदाँ विदेशमा धेरै नेपाली समस्या पर्ने गरेका छन् । तालिममार्फत राम्रो सूचना नपाउदाँ धेरै रोजगारीमा गएका कामदारले विदेशमा ज्यान समेत गुमाउने गरेको पाइन्छ ।

नेपालबाट वैदेशिक रोजगारीमा संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ देशमा नेपाली कामदार जाने गरेका छन् । व्यक्तिगत भिसामा जाने कामदारका हकमा अभिमुखीकरण तालिम अनिवार्य छैन । तर, सस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्छ । हाल अभिमुखीकरण तालिम दिने ३ सयभन्दा धेरै सस्था छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ४७ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज