वैदेशिक रोजगारीमा जानेलाई ३ दिने अभिमुखीकरण तालिम, कक्षामा बसेको भिडियो अनिवार्य « Khabarhub

वैदेशिक रोजगारीमा जानेलाई ३ दिने अभिमुखीकरण तालिम, कक्षामा बसेको भिडियो अनिवार्य


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई विदेश जानुअघि अनिवार्य तीन दिने अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था लागू गर्ने लागेको छ ।

वैदेशिक रोजगार अभिमुखीकरण तालिमको पाठयक्रम परिवर्तन गरेर नयाँ व्यवस्था गर्ने लागिएको वैदेशिक रोजगार प्रवद्र्ध बोर्डले जनाएको छ । बोर्डले पुरानो अभिमुखीकरण तालिमसम्बन्धी पाठयक्रम संशोधन गरेर नयाँ पाठयक्रमलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गरेको जनाएको छ।

हाल, वैदेशिक रोजगारीमा जाने कामदारले एक दिन मात्र अभिमुखीरकण तालिम लिनुपर्ने व्यवस्था थियो । यो व्यवस्था परिवर्तन गरेर रोजगारीको खोजीमा विदेश जाने कामदारले अनिवार्य तीन दिन अधिमुखीकरण तालिम लिनुपर्ने भएको हो । उक्त पाठयक्रम मन्त्रालयबाट पारित भएर आएपछि रोजगारीमा जाने कामदारले रोजगारीमा जानुअघि तीन दिने अभिमुखीकरण तालिम दिनुपर्छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिमुखिकरण तालिम कम भएको भन्दै चौतर्फी आवाज उठेपछि पाठयक्रम नै परिवर्तन गरेर यसको सममअवधि बृद्धि गरेको वोर्डका कार्याकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘रोजगारीका लागि विदेश जाने कामदारले आगामी दिनमा अभिमुखिकरण तालिम देशअनुसार फरक–फरक लिनुपर्ने नयाँ पाठ्यक्रममा व्यवस्था गरिएको छ । तालिम लिएको फुटेज अनिवार्य बोर्डमा आएपछि मात्र श्रम स्वीकृति जारी गर्न गरि पाठयक्रम बनाइएको छ ।’

आगामी दिनमा वैदेशिक रोजगारीमा जाने कामदारलाई स्थानीय तहबाट पनि अभिमुखीकरण तालिम लिन मिल्ने गरि पठ्यक्रममा व्यवस्था गरिएको उनको भनाइ छ ।

हाल वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अभिमुखीकरण तालिमको राम्रो व्यवस्था नहुदाँ विदेशमा धेरै नेपाली समस्या पर्ने गरेका छन् । तालिममार्फत राम्रो सूचना नपाउदाँ धेरै रोजगारीमा गएका कामदारले विदेशमा ज्यान समेत गुमाउने गरेको पाइन्छ ।

नेपालबाट वैदेशिक रोजगारीमा संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ देशमा नेपाली कामदार जाने गरेका छन् । व्यक्तिगत भिसामा जाने कामदारका हकमा अभिमुखीकरण तालिम अनिवार्य छैन । तर, सस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्छ । हाल अभिमुखीकरण तालिम दिने ३ सयभन्दा धेरै सस्था छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ४७ बजे

इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

जेनेभा- इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति

‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय