जितसँगै रियल ला लीगाको दोस्रो स्थानमा उक्लियो, बार्सिलोनाभन्दा ५ अंकले पछि « Khabarhub

जितसँगै रियल ला लीगाको दोस्रो स्थानमा उक्लियो, बार्सिलोनाभन्दा ५ अंकले पछि


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिबार राति भएको स्पेनिस ला—लीगामा एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका ग्यारेथ बेलले रियल मड्रिडमा आफ्नो १ सय गोल पुरा गरेका छन् । वान्डा मेट्रोपोलिटोन रंगशालामा भएको खेलमा घरेलु टोली एट्लेटिकोलाई रियलले ३—१ गोल अन्तरले पराजित गर्यो ।

रियलका लागि कासिमिरोले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि खेलको २५ औं मिनेटमा एट्लेटिकोका एन्टोइनि ग्रिज्म्यानले गोल गर्दै रियलविरुद्ध बराबरी फर्काएका थिए ।

तर, कप्तान सर्जियो रामोशले खेलको ४६ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि २—१ गोल अन्तरले अग्रता बनाएको थियो ।

त्यस्तै, खेलको ७४ औं मिनेटमा रियलका स्टार खेलाडी ग्यारेथ बेलले उत्कृष्ट गोल गर्दै रियलमा आफ्नो सय गोल पुरा गरेका छन् ।

जितसँगै लिगमा रियल दोस्रो स्थानमा फर्किएको छ । शीर्ष स्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि रहेको रियलको ४५ अंक भएको छ भने पराजित एट्लेटिकोको ४४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ५९ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६