सरकार नछोड्ने उपेन्द्रको योजना, सडक आन्दोलनमा जानुपर्ने बाबुरामको मत « Khabarhub

सरकार नछोड्ने उपेन्द्रको योजना, सडक आन्दोलनमा जानुपर्ने बाबुरामको मत


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित कान्तिपुर दैनिकले पहिलो पृष्ठमा समाजवादीमा दुई धार शीर्षकको समाचार प्रकाशन भएको छ ।

समाचारमा जनाइए अनुसार केही समय अघिमात्र संघीय समाजवादी फोरम र नयाँ शक्ति एकता भएर बनेको समाजवादी पार्टीमा दुई धार देखा परेको छ ।

सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने वा बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखिएको हो । सार्वजनिक रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् ।

अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दलाई स्थापित गराउन सडक आन्दालनमै जानुपर्ने पक्षमा छन् ।

त्यस्तै स्याटेलाइट खरिद सम्झौता विवादित कम्पनीसँग गर्ने तयारी शीर्षकको अर्को समाचार कान्तिपुरमा मुख्यसमाचारका रुपमा प्रकाशन भएको छ ।

समाचारमा जनाइए अनुसार भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । तीन महिनाअघि समझदारी पत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग केपी ओलीको फ्रान्स भ्रमणका क्रममा सम्झौताको तयारी गरिएको छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद रहेको समाचारमा जनाइएको छ ।

त्यस्तै आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ३१ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट