भीभीआइपीको सवारीमा सुधार– राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन « Khabarhub

भीभीआइपीको सवारीमा सुधार– राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशित नयाँ पत्रिका दैनिकले कोरिया जान १० हजार सिट, ४८ हजारले दिए परीक्षा शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

त्यस्तै राष्ट्रपति नेपालगन्ज पुगेर फर्किइन्, तर सडक जाम भएन शीर्षकको अर्को समाचार पहिलो पृष्ठमा प्रकाशन गरिएको छ । समाचारमा जनाइए अनुसार भीभीआईपीको सवारीमा सुधार ल्याउन प्रयास गरिएको छ ।

समाचारमा भनिएको छ–सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ। सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छिन् ।

गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन्। अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन। उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन्। यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए।

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ। जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन्।

सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो। यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलका एक अधिकारीले बताए। ‘भिआइपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले भने, ‘सेनाको सिफारिसमा नोटाम जारी हुने हो। त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौँ।’

गत साता राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो। आइतबार भोटोजात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खाली गरियो। ‘विगतको तुलनामा हामीले थोरै मात्र सडकमा असर गर्ने गरी व्यवस्था मिलाएका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने।

शीतलनिवासभित्रै उद्घाटन 

अत्यन्त सामान्य कार्यक्रममा पनि राष्ट्रपति जाने र सडक अस्तव्यस्त बनाउने गरेको भनेर राष्ट्रपतिको चर्को आलोचना हुँदै आएको थियो। त्यसपछि केही कार्यक्रम शीतलनिवासभित्रै आयोजना गर्न थालिएको छ। आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने सम्मेलन पनि शीतलनिवासभित्रै उद्घाटन गरियो।

राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार सामान्य कार्यक्रमा निस्कँदा सर्वसाधारणलाई सडकमा सास्ती हुन थालेपछि उद्घाटन कार्यक्रम शीतलनिवासभित्रै गर्न थालिएको हो। सुरक्षा निकायले समेत यस्तो सुझाब दिँदै आएका थिए।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ५१ बजे

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति