चप्पल हान्दा समेत सहने यी अभिनेत्रीले बाबुविरुद्ध लगाएकी थिइन् यस्तो आरोप « Khabarhub

चप्पल हान्दा समेत सहने यी अभिनेत्रीले बाबुविरुद्ध लगाएकी थिइन् यस्तो आरोप


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– एकताकाकी चर्चित भारतीय अभिनेत्री अमीषा पटेल अहिले खासै चर्चामा छैनन् । उनी चर्चामा नभए पनि उनले गरेका विभिन्न काण्डबारे भारतीय फिल्मी बजारमा चर्चा चलिरहन्छ ।

ब्रेक अपको कुरा होस् या बाबुविरुद्धको उजुरी नै किन नहोस् । त्यतिमात्र नभएर कयौं पटक मदिरामा झुमेका प्रसंगले अमीषाको चर्चा सेलाउन पाउँदैन ।

आइतबार मात्रै यी अभिनेत्रीले आफ्नो ४३ औं जन्मदिन मनाइन् । जन्मदिन मनाइरहँदा उनले गरेका राम्रा र नराम्रा दुवै पक्ष पुनः चर्चामा आएका हुन् ।

ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार हे’ मार्फत् बलिउडमा डेब्यू अमीषाले पछिल्लो समय उनले कुनै पनि फिल्ममा काम गरेकी छैनन् । अमीषाले सन्नी देओलसँग अभिनय गरेको ‘गदर एक प्रेमकथा’ निकै सुपरहिट बनेको थियो । उक्त फिल्ममा अमीषाको भूमिकाका लाई दर्शकले निकै रुचाएका थिए ।

सन् २००२ मा फिल्म ‘हमराज’ मा काम गरेपछि अमीषा आफ्नो करियरको शीर्ष स्थानमा पुगेकी थिइन् । त्यसपछि उनी ‘भुलभुलैया’, ‘रेस–थ्री’ जस्ता फिल्ममा पनि देखिइन् ।

त्यसो त अमीषा पटेलको परिवारसँग विवाद र कानूनी लडाईंको कुरा पनि सार्वजनिक भइरहन्छन् । अमीषाले आफ्नो पितामाथि १२ करोड भारुको हिनामिनाको आरोप लगाएकी थिइन् । उनले बाबुले पैसाको गलत प्रयोग गरेको बताएकी थिइन्।

अमीषालाई फिल्म अभिनेता संजय दत्त र मान्यता दत्तको परिवारसँग नजिक मानिन्छ । उनि यतिबेला तेलुगु फिल्ममा व्यस्त रहेको जनाइन्छ ।

एकताका अमीषा र व्यावसायी नेस वाडियाका बीच अफेयर्सको समाचार पनि आएको थियो । दुवै एकै कलेजमा पढ्थे । नेस वाडिया अमीषासँग विवाह गर्न चाहन्थे तर अमीषा फिल्ममा आफ्नो करियर बनाउन चाहन्थिन् । यो कुराले उनीहरुको ब्रेकअप भएको थियो ।

नेस वाडियापछि अमीषाको नाम निर्देशक–निर्माता विक्रम भट्टसँग जोडिएको थियो । तर, घरपरिवारले भने उनको यो सम्बन्धलाई रुचाएका थिएनन् । अमीषाले सञ्चारमाध्यममा दिएको एक बयानमा उनलाई आफ्नी आमाले चप्पलले पिटेर घरबाट निकालिदिएकी थिइन् । तर, अमीषा र विक्रमको सम्बन्ध भने लामो समय टिक्न सकेन । सन् २००८ मा उनीहरुको ब्रेकअप भएको थियो ।

अमीषा बेलाबखत ठूलाठूला पार्टीमा देखिने गरेकी छिन् । उनलाई धेरैपटक पार्टीमा मदिराको नशामा डुबेकी भेटिएको थियो । टीभी एक्टर कुशाल टण्डनसँग पनि उनको नराम्रोसँग झगडा भएको थियो । जसको कारण पनि उनी चर्चामा आएकी थिइन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : २५ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा