चप्पल हान्दा समेत सहने यी अभिनेत्रीले बाबुविरुद्ध लगाएकी थिइन् यस्तो आरोप | Khabarhub Khabarhub

चप्पल हान्दा समेत सहने यी अभिनेत्रीले बाबुविरुद्ध लगाएकी थिइन् यस्तो आरोप


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– एकताकाकी चर्चित भारतीय अभिनेत्री अमीषा पटेल अहिले खासै चर्चामा छैनन् । उनी चर्चामा नभए पनि उनले गरेका विभिन्न काण्डबारे भारतीय फिल्मी बजारमा चर्चा चलिरहन्छ ।

ब्रेक अपको कुरा होस् या बाबुविरुद्धको उजुरी नै किन नहोस् । त्यतिमात्र नभएर कयौं पटक मदिरामा झुमेका प्रसंगले अमीषाको चर्चा सेलाउन पाउँदैन ।

आइतबार मात्रै यी अभिनेत्रीले आफ्नो ४३ औं जन्मदिन मनाइन् । जन्मदिन मनाइरहँदा उनले गरेका राम्रा र नराम्रा दुवै पक्ष पुनः चर्चामा आएका हुन् ।

ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार हे’ मार्फत् बलिउडमा डेब्यू अमीषाले पछिल्लो समय उनले कुनै पनि फिल्ममा काम गरेकी छैनन् । अमीषाले सन्नी देओलसँग अभिनय गरेको ‘गदर एक प्रेमकथा’ निकै सुपरहिट बनेको थियो । उक्त फिल्ममा अमीषाको भूमिकाका लाई दर्शकले निकै रुचाएका थिए ।

सन् २००२ मा फिल्म ‘हमराज’ मा काम गरेपछि अमीषा आफ्नो करियरको शीर्ष स्थानमा पुगेकी थिइन् । त्यसपछि उनी ‘भुलभुलैया’, ‘रेस–थ्री’ जस्ता फिल्ममा पनि देखिइन् ।

त्यसो त अमीषा पटेलको परिवारसँग विवाद र कानूनी लडाईंको कुरा पनि सार्वजनिक भइरहन्छन् । अमीषाले आफ्नो पितामाथि १२ करोड भारुको हिनामिनाको आरोप लगाएकी थिइन् । उनले बाबुले पैसाको गलत प्रयोग गरेको बताएकी थिइन्।

अमीषालाई फिल्म अभिनेता संजय दत्त र मान्यता दत्तको परिवारसँग नजिक मानिन्छ । उनि यतिबेला तेलुगु फिल्ममा व्यस्त रहेको जनाइन्छ ।

एकताका अमीषा र व्यावसायी नेस वाडियाका बीच अफेयर्सको समाचार पनि आएको थियो । दुवै एकै कलेजमा पढ्थे । नेस वाडिया अमीषासँग विवाह गर्न चाहन्थे तर अमीषा फिल्ममा आफ्नो करियर बनाउन चाहन्थिन् । यो कुराले उनीहरुको ब्रेकअप भएको थियो ।

नेस वाडियापछि अमीषाको नाम निर्देशक–निर्माता विक्रम भट्टसँग जोडिएको थियो । तर, घरपरिवारले भने उनको यो सम्बन्धलाई रुचाएका थिएनन् । अमीषाले सञ्चारमाध्यममा दिएको एक बयानमा उनलाई आफ्नी आमाले चप्पलले पिटेर घरबाट निकालिदिएकी थिइन् । तर, अमीषा र विक्रमको सम्बन्ध भने लामो समय टिक्न सकेन । सन् २००८ मा उनीहरुको ब्रेकअप भएको थियो ।

अमीषा बेलाबखत ठूलाठूला पार्टीमा देखिने गरेकी छिन् । उनलाई धेरैपटक पार्टीमा मदिराको नशामा डुबेकी भेटिएको थियो । टीभी एक्टर कुशाल टण्डनसँग पनि उनको नराम्रोसँग झगडा भएको थियो । जसको कारण पनि उनी चर्चामा आएकी थिइन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : २५ बजे

नेपाल-चीन कूटनीति सम्बन्धको खुसी साट्दा कम्युनिस्टहरू एकै ठाउँ

काठमाडौं- नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं

माथिल्लो सेती : १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

काठमाडौं – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट

अफसिजनमा पनि खुलेको जिरी 

दोलखा– जिरीलाई व्यापार व्यवसाय र पर्यटक आगमनको हिसाबले वर्षादको समयलाई

सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८