‘रसुवागढी नाकामा सिन्डिकेट छैन, आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था’ « Khabarhub

‘रसुवागढी नाकामा सिन्डिकेट छैन, आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था’


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण गढी क्षेत्रमा जुन सवारी पहिला पुग्छ त्यसैले लामबद्ध तवरबाट जान पाउने व्यवस्था गरिएको बताए ।

सीमित व्यापारी भनिने वर्गले घुमाउरो भाषामा एकाधिकार लागू गरेको सस्तो लोक प्रचारबाजीको भ्रममा नपर्न र विश्वास नपर्न अनुरोध गर्दै स्थानीय प्रशासनले रसुवागढी नाकाबाट ७०० मालवाहक ट्रक कन्टेनर ओहोरदोहोर भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाल सरकारले एकाधिकार हटाउन निर्णय गरेपश्चात् सरकारको निर्णय कार्यान्वयन गर्ने कार्य भइरहेको अवस्थामा सीमित व्यक्तिको हवला दिँदै केही सञ्चारमाध्यमले रसुवागढी क्षेत्रमा एकाधिकार लगायो भन्ने शब्दको प्रचारबाजी गर्नु घोर आपत्ति भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । स्थानीय प्रशासनले आइतबार जिल्ला प्रशासन कार्यालय रसुवामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

रसुवागढी नाकालाई व्यवस्थित र मर्यादित बनाउन प्रयास जारी रहेको र अबका दिनमा सामान ढुवानीका लागि आउने ट्रक कन्टेनर जुन दिन रसुवागढी पुग्छ पालोअनुसार मितेरी पुल पार गर्नसक्ने भएकाले सबै ट्रक कन्टेनरका चालकलाई प्रचारबाजी भ्रममा नपरी निर्धक्क साथ लाइनमा बस्न आग्रह गरिएको प्रजिअ भण्डारीले बताए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ०१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन