चितवनमा ९० किलो गाँजा बरामद, भागे तस्कर « Khabarhub

चितवनमा ९० किलो गाँजा बरामद, भागे तस्कर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।

विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताए । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको निरीक्षक अचार्यले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । गएको वैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ३५० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।

यसअघि राप्ती नगरपालिका–२ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाइछिपाइ राखेको अवस्थामा गाँजा भेटिएको थियो । प्रहरीको सक्रियता बढेपछि तस्कर गर्न नसकेपछि गाँजा त्यसै छोडेर जाने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १० : ४७ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर