नगरपालिकाको कार्यालयमा ४ दिनदेखि स्थानीयको ताला « Khabarhub

नगरपालिकाको कार्यालयमा ४ दिनदेखि स्थानीयको ताला


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि स्थानीयले तालाबन्दी गरेका छन् । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न माग गर्दै स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् ।

नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालय बन्द गर्नुपरेको स्थानीय भरत बिकले बताए ।

नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नंको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको उनीहरूको भनाइ छ । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन् ।

स्थानीयले कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको र आफूअनुकूल ठेक्का दिएर जबर्जस्ती नगरप्रमुखले डम्पिङ साइड निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

वडाध्यक्षसमेतले जनताको मागलाई ध्यान नदिएर नगरप्रमुखको नै आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनताको स्वास्थ्यलाई पर्ने असरको बेवास्ता गरिएको स्थानीयवासीको भनाइ रहेको छ । स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरी दिनभर कोल्टीमा नारा जुलुससहित विरोध गर्ने गरेका छन् ।

खोला नजीकै फोहर व्यवस्थापन गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिङ्गो नदी नै दुर्गन्धित हुने र वातावरण प्रदूषित हुने असन्तुष्ट पक्षहरुको तर्क छ । आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् भने दैनिक कामकाज प्रभावित छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १२ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन