स्वस्थ रहनका लागि यी खानेकुरा काँचै खानुस् « Khabarhub

स्वस्थ रहनका लागि यी खानेकुरा काँचै खानुस्


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — स्वस्थ रहनका लागि सबै भन्दा महत्वपूर्णकुरा खानपान नै हो ।

स्वस्थ रहनका लागि स्वास्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खाना खाँदा खाइने खानेकुरासहित कति र कसरी खाने भन्ने कुरालाई पनि हेक्का गर्न जरुरी हुन्छ । केही खानेकुरा पकाएर खाने र केहीलाई भने पकाउँदा हानी पुग्ने खालको हुन्छ ।

पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

लसुन

लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट एलिसिन हराउँछ । त्यो तत्त्वले मुटुरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ । लसुन काँचै खाँदा एलिसिन तत्त्व रहिरहन्छ ।  त्यसैले लसुन पकाएर नखाँदा राम्रो हुन्छ ।

भेंडे खुर्सानी

भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।

प्याज

प्याजमा उच्च मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ र यसले फोक्सोलाई स्वस्थ राख्न सहायता गर्छ । यसलाई काँचै सेवन गर्दा राम्रो हुन्छ ।

पालुंगो

पालुंगोमा भिटामिन सी अत्यधिक हुन्छ । यसलाई पकाउँदा दुई तिहाइ भाग नष्ट हुन्छ । पालुंगो पकाउँदा अक्सालिक एसिड नाश हुन्छ । त्यो तत्त्वले शरीरलाई क्याल्सियम, आइरन र म्याग्नेसियम सोस्न सहायता गर्छ । यसलाई राम्ररी धोइपखाली गरेर खाँदा राम्रो गर्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  २ : ३३ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले