स्वस्थ रहनका लागि यी खानेकुरा काँचै खानुस् | Khabarhub Khabarhub

स्वस्थ रहनका लागि यी खानेकुरा काँचै खानुस्


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — स्वस्थ रहनका लागि सबै भन्दा महत्वपूर्णकुरा खानपान नै हो ।

स्वस्थ रहनका लागि स्वास्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खाना खाँदा खाइने खानेकुरासहित कति र कसरी खाने भन्ने कुरालाई पनि हेक्का गर्न जरुरी हुन्छ । केही खानेकुरा पकाएर खाने र केहीलाई भने पकाउँदा हानी पुग्ने खालको हुन्छ ।

पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

लसुन

लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट एलिसिन हराउँछ । त्यो तत्त्वले मुटुरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ । लसुन काँचै खाँदा एलिसिन तत्त्व रहिरहन्छ ।  त्यसैले लसुन पकाएर नखाँदा राम्रो हुन्छ ।

भेंडे खुर्सानी

भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।

प्याज

प्याजमा उच्च मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ र यसले फोक्सोलाई स्वस्थ राख्न सहायता गर्छ । यसलाई काँचै सेवन गर्दा राम्रो हुन्छ ।

पालुंगो

पालुंगोमा भिटामिन सी अत्यधिक हुन्छ । यसलाई पकाउँदा दुई तिहाइ भाग नष्ट हुन्छ । पालुंगो पकाउँदा अक्सालिक एसिड नाश हुन्छ । त्यो तत्त्वले शरीरलाई क्याल्सियम, आइरन र म्याग्नेसियम सोस्न सहायता गर्छ । यसलाई राम्ररी धोइपखाली गरेर खाँदा राम्रो गर्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  २ : ३३ बजे

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी