शान्तिपूर्ण प्रदर्शनमा प्रहरी धरपकडको नेकपाकै नेताले जनाए आपत्ति | Khabarhub Khabarhub

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी धरपकडको नेकपाकै नेताले जनाए आपत्ति


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरुले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले आइतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उनले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।  राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे ।

उनले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी दिए । समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाए ।

उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : ०७ बजे

संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू

काठमाडौं– विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूको नेतृत्व गरिसकेका नेताहरूले वृहत्

इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल 

काठमाडौं– इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफू इटहरी निर्माण गर्न

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन

विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन

काठमाडौं– विभिन्न राजनीति दलका भ्रातृ संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा

पूर्वराष्ट्रपति भण्डारीको आह्वान : संवैधानिक दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाऊँ

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा भएको ठूलो