नेपाल भ्रमण वर्षलाई लक्षित गरी जापानमा ‘नेपाल महोत्सव’ हुँदै « Khabarhub

नेपाल भ्रमण वर्षलाई लक्षित गरी जापानमा ‘नेपाल महोत्सव’ हुँदै


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्य साथ जापानको नागोयामा नेपाल महोत्सव २०१९ गर्न लागिएको छ ।

जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुईदेशबीच सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२०लाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू ,रहनसहन, खाना, गीत संगीत लगायत रहने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउदै भ्रमण बर्ष २०२० मा जापानीज नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताए ।

जापानस्थित नेपाली दूतावास र एनआरएनएन नागोयात्रको सयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी हुँदैछन् । महोत्सव साकाय स्थित हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै