१९ वर्ष अगाडिको हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ « Khabarhub

१९ वर्ष अगाडिको हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ


२७ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्ष अगाडिको एक हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ परेका छन् ।

८ असार २०५७ मा भक्तपुरको कटुञ्जीकी बिजयश्वरी प्रजापतिको हत्यामा संलग्न प्रमुख अभियुक्त आइतबार पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिजयश्वरीको हत्यामा संलग्न देविरमण अधिकारीलाई पक्राउ गरेको हो । पर्साको सुवर्णपुर घर भएका अधिकारीलाई रुपेन्देहीको सिद्धार्थ नगरपालिका–१ बलहियाबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

प्रहरीका अनुसार प्रजापतिको घरमा घरेलु कामदारका रुपमा कार्यरत अधिकारीले ७ महिनासम्मको तलब नपाएपछि हत्या गरेको बताएका छन् ।

अधिकारी विजयश्वरीका श्रीमान् तुल्सीभक्त प्रजापति तत्कालीन जिल्ला वन कार्यालय पर्साको प्रमुख हुँदा त्यहाँ कार्यालय सहयोगीको रुपमा करारमा कार्यरत थिए ।

तुल्सीभक्तको स?वा भएसँगै दविरमणको करार जागिर पनि सकियो । पछि तुल्सीभक्तले नै महिनाको १ हजार ५ सय रुपैयाँ तलब दिनेगरी आफ्नै घरमा रमनलाई काममा लगाए ।

तर, लामो समयदेखि तलब नपाएपछि उनले तलबका लागि ताकेता गर्दै आएका थिए । मागेको तलब नपाएपछि बिजयश्वरीको हत्या गरेर देविरमण फरार भएका प्रहरीले जनाएको छ ।

हत्या गरेर फरार भएका उनी धेरै समय भारतमा बसे । त्यहाँ बस्दा उनले आफ्नो नाम परिवर्तन गरेर (प्रकाश अधिकारी) राखेका थिए ।

बिजयश्वरीको परिवारका अनुसार उनी हत्या गरेर भाग्दा ८ तोला सुन र ६ लाख रुपैयाँ लिएर भागेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ५ : २३ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी