अस्ट्रेलियाले विश्व कप २०१९ जित्ला ? सहायक प्रशिक्षक पोन्टिङ भन्छन् – जित्छ « Khabarhub

अस्ट्रेलियाले विश्व कप २०१९ जित्ला ? सहायक प्रशिक्षक पोन्टिङ भन्छन् – जित्छ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ल्यान्ड र वेल्समा हुने ५० ओभरको विश्व कप क्रिकेट ट्रफी अस्ट्रेलियाले रक्षागर्नसक्ने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक रिकी पोन्टिङले बताएका छन् ।

साविक विजेता अस्ट्रेलियाले यो वर्ष पनि विश्वकप ट्रफी आफ्नो पक्षमा पार्ने उनले विश्वास व्यक्त गरे ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बरियतामा छैठौं स्थानमा रहेको अस्ट्रेलियाका लागि प्रतिबन्धमा रहेका पूर्व कप्तान स्टेभन स्मिथ र डेभिड वार्नर टिममा फर्किएपछि विश्वकपमा अस्ट्रेलिया बलियो टिम बन्ने उनले बताएका छन् ।

दुई पटक आफै कप्तान र एक पटक टिमको सदस्यमात्रै हुँदा गरि तीन पटक विश्व कप उपाधि जिताएका पोन्टिङलाई केही दिन अगाडि प्रशिक्षक जस्टिन लाङ्गरले सहायक प्रशिक्षकमा नियुक्त गरेका थिए ।

“पक्कैपनि, हामीले विश्वकप उपाधि रक्षा गछौैं । अहिले भारत र इङ्ग्ल्यान्ड बलियो टोलीका रुपमा उभिएका छन् । तर, यदि स्टेभन र वार्नर टिममा फर्किए भने कुनैपनि टिमभन्दा अस्ट्रेलिया कमजोर हुँदैन्,” प्रशिक्षक पोन्टिङले भने,“म एउटा प्रशिक्षकका रुपमा मात्रै बोलिरहेको छैन् । हो, यो टिममा आउनु अघि पनि यहि भन्थे । इग्ल्यान्डमा रहँदा आफ्नो शैलिमा खेल्नु पर्छ । अस्ट्रेलिया पनि एक बलिायो प्रतिद्वन्दी टिम हो ।”
“दुई एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटका उत्कृष्ट खेलाडी जोसँगै थुप्रै अनुभव छ । सबैकुराले उक्त टिमलाई समग्रमा राम्रो बनाउँछ,” पोन्टिङले भने ।

स्मिथ र वार्नरको प्रतिबन्ध मार्च २८ सम्म रहनेछ भने स्मिथलाई एल्बो इन्जुरीले सताइरहेको छ त्यस्तै, अन्य खेलाडी पनि घाइते रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ११ बजे

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा