भेनेजुएलाबारे नेकपा र सरकारले धारणा सार्वजनिक गर्न आवश्यक थिएन–कांग्रेस नेता « Khabarhub

भेनेजुएलाबारे नेकपा र सरकारले धारणा सार्वजनिक गर्न आवश्यक थिएन–कांग्रेस नेता


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिए ।

उनले भने,‘प्रचण्डजीले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी कु भन्नुभयो । प्रचण्डले त्यसरी भन्नु आवश्यक थिएन् ।’

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाईनामा वक्तव्य जारी गरेको सुनाए । उनले भने,‘रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरु किन बोल्नुभएन ? सिरियामा किन बोल्नुभएन् ?’

उनले भने,‘सरकारले पनि प्रचण्डकै लाईनमा वक्तव्य जारी गर्यो । नेपाल र अमेरिकाबीच १९४७ देखि कुटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले असाध्यै ठूलो आर्थिक सहायता गर्दै आएको छ । सरकारको वक्तव्यका कारण अहिले सम्बन्धमा हा«स आएको छ । नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन् ।’ खड्काले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे ।

उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएकोले चीन रिसाएको हो कि भनेर त्यो सन्देहलाई मेटाउन प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध यस्तो वक्तव्य दिएको हो कि भन्ने कता–कता आफूलाई लागेको पनि जिकिर गरे ।

खड्काले यही कदमले गर्दा अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्धमा असर परि नहाल्ने जिकिर गरे । उनले भने,‘अहिले नै ठूलो असर परिहाल्दैन् । हालै नेपालस्थित् अमेरिकी राजदुत ¥याण्डी डब्लु. बेरीले प्रधानमन्त्री ओली र प्रचण्डजीलाई भेट्नु भएको कुरा आएको छ । त्यसैले सम्बन्ध बिग्रिहाल्दैन्।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : १७ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका