रेमिट्यान्सका भरमा नेपाली अर्थतन्त्र, अधिकांश पैसा उपभोगमै खर्च « Khabarhub

रेमिट्यान्सका भरमा नेपाली अर्थतन्त्र, अधिकांश पैसा उपभोगमै खर्च



काठमाडौं-  करिब २० वर्षअघि ४८ अर्ब रुपैया विप्रेषणका रुपमा नेपाल आउने गरेकोमा विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेपछि ०७४/०७५ मा त्यो रकम बढेर ७ खर्ब ५५ अर्ब रुपैया पुगेको छ ।

नेपाल राष्ट्र बै‌ंकको तथ्याङ्कअनुसार औपचारिक माध्यमबाट नेपाल आउने रकम साढे सात खर्ब भएपनि भारतबाट आउने पैसा र अनौपचारिक माध्यमबाट आउने रकम अझै धेरै हुनसक्ने देखिएको छ ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार नेपालको गरिबी घटाउन समेत विप्रेषण आप्रवाहले महत्वपूर्ण भूमिका खेलेको छ । सरकारी रेकर्डले गरिबी निवारणका लागि विप्रेषणको २० प्रतिशत भुमिका रहेको छ । करिब ३० खर्बको नेपाली अर्थतन्त्रमा वैदेशिक रोजगारीमा जाने नेपालीले पठाएको पैसाले जीडीपीकै करिब २५ प्रतिशत स्थान ओगटेको छ ।

विश्व बैंकले केही दिनअघि सार्वजनिक गरेको २०१८ को प्रतिवेदन अनुसार विश्वभर नेपाल लगायत टेगो, किर्गीस्तान, ताजकिस्तान र हाइटी गरी ५ मुलुकहरुमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको अनुपात २५ प्रतिशत भन्दा वढी रहेको देखाएको छ । तर यति ठूलो मात्रामा नेपाल भित्रिने अधिकांश रकम उपभोगमै खर्च हुने गरेको छ ।

राष्ट्र बैंकले केही समय अघि गरेको सर्वेक्षणका अनुसार रेमिट्यान्समार्फत् नेपाल आउने रकममध्ये ८० प्रतिशत उपभोगमै खर्च हुने गरेको छ । जसका कारण रेमिट्यान्समार्फत् नेपाल आउने पैसा पूजी निर्माणमा प्रयोग हुन सकेको छैन ।

विप्रेषण आयको प्रयोग

  • ऋण तिर्न– २५.३ प्रतिशत
  • दैनिक उपयोग– २३.९ प्रतिशत
  • शिक्षा, स्वास्थ्यमा– ९.७ प्रतिशत
  • सामाजिक कामको लागि ३ प्रतिशत
  • उत्पादनमूलक कामका लागि– १.१ प्रतिशत
  • बचतका लागि– २८ प्रतिशत
                                      -स्रोत नेपाल राष्ट्र बैक

सरकारी तथ्याङ्कका अनुसार तराईमा प्रत्येक तीन मध्ये दुई घरपरिवारले र पहाडी तथा हिमाली क्षेत्रमा प्रत्येक दुइमा एक घरपरिवारले विप्रेषण रकम प्राप्त गर्ने गरिरहेका छन् । वैदेशिक मुद्रा सञ्चितीमा समेत विप्रेषणको भूमिका उल्लेख्य छ । २०७४/७५ मा मात्रै नेपालको कुल वैदेशिक मुद्रा संचितिको ६८.५ प्रतिशत विदेशबाट नेपालीले पठाएको पैसा छ । विगत चार वर्षको तथ्याङ्क हेर्दा कूल रेमिट्यान्समध्ये करिव ५० प्रतिशतभन्दा बढि रकम खाडी मुलुक र मलेसियाबाट मात्र प्राप्त भएको छ ।

यस्तो छ विगत ४ वर्षको तथ्याङ्क

  • साउदी अरेविया– ८८ करोड ७४ लाख अमेरिकी डलर
  • कतार– ७६ करोड ७० लाख अमेरिकी डलर
  • मलेसिया– ६७ करोड ५ लाख
  • यूनाइटेड अरव इमिरेट्स– ६६ करोड ८३ लाख

                                                               -स्रोत नेपाल राष्ट्र बैंक

विदेशबाट नेपाल आउने पैसा पूँजी निर्माणमा प्रयोग हुन नसकिरहेका बेला सरकारले पूँजी निर्माणमा विप्रेषणबाट आउने पैसा कसरी सदुपयोग गर्ने भन्ने विषय अध्ययनका लागि कार्यदल नै बनाएर प्रतिवेदन तयार पारेको छ । राष्ट्र बैक लगायतका प्रतिनिधि सम्मिलित कार्यदलले अघिल्लो साता सरकारलाई प्रतिवेदन बुझाएको छ । जसका लागि विप्रेषण कोष बनाउनेदेखि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा निश्चित रकम जम्मा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : ०० बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग