तालिबानले अफगानिस्तानमा कार्यालय खोलोस् : घानी | Khabarhub Khabarhub

तालिबानले अफगानिस्तानमा कार्यालय खोलोस् : घानी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगान राष्ट्रपति अशरफ घानीले इस्लामिक लडाकु समूह तालिबानलाई आफ्नै मुलुकमा राजनीतिक कार्यालय खोल्न प्रस्ताव गरेका छन् । पाकिस्तानसँग सीमा जोडिएको ननगरहार प्रान्तको भ्रमणका क्रममा राष्ट्रपति घानीले तालिबानलाई अफगानिस्तानमै राजनीतिक कार्यालय स्थापना गर्न आह्वान गरेका हुन् ।

‘‘यदी तालिबान चाहन्छ भने म तालिबानलाई भोलिबाट नै काबुल, ननगरहार वा कन्दाहार जहाँसुकै कार्यालय स्थापना गर्न दिन्छु ।’’ घानीले भने । ननगरहार प्रान्त तालिबानको सबैभन्दा ठूलो सक्रियता रहेको प्रान्तमध्येको एक हो ।

तर, तालिबानले भने घानीको प्रस्ताव अस्वीकार गर्दै कतारको राजधानी दोहामा रहेको राजनीतिक कार्यालयमै केन्द्रित हुने जनाएको छ । प्रसंगलाई अन्तै मोड्न र जारी अफगान शान्ति प्रकृयालाई खल्बल्याउन उद्देश्यले घानीको वक्तव्य आएको तालिबानका प्रवक्ता शोहिल सहिनले प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ ।

अमेरिकी विशेष प्रतिनिधि र सरकार बाहिर रहेका अफगान विपक्षी नेताहरुसँग तालिबानले छुट्टाछुट्टै वार्ता अघि बढाइरहेका बेला अफगान सरकारले शान्ति वार्तामा आफ्नो भूमिका खोजिरहेको बताइन्छ ।

तालिबानका राजनीतिक प्रतिनिधि र सरकार बाहिर रहेका अफगान राजनीतिज्ञसँग रुसको राजधानी मस्कोमा वार्ता भएको थियो भने अमेरिकी विशेष प्रतिनिधिसँग तालिबानले आगामी फेब्रुअरीमा अर्को चरणको वार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ४१ बजे

आर्यन, पल र प्रदीप एउटै फिल्ममा

काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि

निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

गण्डकीमा तीस हजार सवारीसाधनको कर उठेन

गण्डकी – गण्डकी प्रदेशमा दर्ता भएका झन्डै ३० हजार सवारीसाधनका

सिरहामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु