२० लाखको कार आयातमा ६५ लाख कर ! « Khabarhub

२० लाखको कार आयातमा ६५ लाख कर !


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई कर बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर, मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने भएको राजधानी दैनिकमा खबर छ ।

भन्सार विभागले आगामी आव २०७६/७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैयाँका कार नेपाल ल्याउने क्रममा ८० प्रतिशत भन्सार महसुल, शतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)सहित सो कारमा ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने बाध्यता छ ।

भन्सार विभागका अनुसार २५ सयदेखि ३ हजार सीसीसम्मका २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउने क्रममा भन्सार शुल्क ८० प्रतिशतका दरले १६ लाख रुपैयाँ बुझाउँदा सो कारको मूल्य ३६ लाख रुपैयाँ पुग्छ । यसैगरी, अन्तःशुल्क ९० प्रतिशतले ३२ लाख ४० हजार रुपैयाँ बुझाउनुपर्छ । अन्तःशुल्कपछि त्यो कारको मूल्य ६८ लाख ४० हजार रुपैयाँ पुग्छ । अझै सडक दस्तुर १० प्रतिशतले ६ लाख ८४ हजार रुपैयाँ हुन आउँछ । सडक दस्तुरपछि कारको मूल्य ७५ लाख २४ हजार रुपैयाँ पुग्छ ।

अझै त्यसमा १३ प्रतिशत भ्याटसहितको मूल्य ९ लाख ७८ हजार १२० रुपैयाँ जोड्दा अब भ्याटपछि सो कारको कुल मूल्य ८५ लाख २ हजार १२० रुपैयाँ पुग्छ । जम्मा २० लाखको कारमा यसरी विभिन्न शीर्षक गरी थपिएका करसहित अहिले नेपाली उपभोत्ताले एउटा सवारीसाधन आयात गर्दा यति धेरै कर बुझाउन बाध्य भएको भन्दै गुनासो गर्ने गरेका छन् ।

उपभोक्ताले त्यति धेरै कर तिरेर महँगोमा विदेशबाट गाडी आयात गर्नुभन्दा स्वदेशमा नै त्यस्ता गाडीको उत्पादन गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ११ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण