त्रिशुली दुर्घटनाः मृतकको सङ्ख्या ८ पुग्यो « Khabarhub

त्रिशुली दुर्घटनाः मृतकको सङ्ख्या ८ पुग्यो


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र ४ जना पुरुषको सनाखत हुन सकेको छैन ।

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो ।

यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ ।

पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए ।

दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना