काजीमानको आरन पेशा संकटमा, भन्छन् ‘हात मुख जोर्नै समस्या भो’ « Khabarhub

काजीमानको आरन पेशा संकटमा, भन्छन् ‘हात मुख जोर्नै समस्या भो’


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– सैनामैना नगरपालिका– १, निवासी ४९ वर्षीय काजीमान कामीले आरन पेशा गर्न थालेको झण्डै ४२ वर्ष भयो । १३ वर्षको स्कुले जीवनको कलिलो उमेरदेखि आरन पेशामा लागेका कामीले फलामका विभिन्न सामाग्री बनाउँदै आएका छन् ।

बुटवल उप– महानगरपालिका वडा नं. ९ मिलनचोकदेखि देविनगर जाने बाटो छेउमा एउटा सानो छाप्रोमा आरन पेशा गर्दै आएका कामीको पेशा पछिल्लो समय भने संकटमा पर्न थालेको छ । स्थानीय वन सामुदायिकरण भएसँगै फलाम पोल्नका लागि आवश्यक कोइला काट्न नपाउँदा उनको पेशा संकटमा पर्न थालेको हो ।

उनले आरन बनाएको जग्गाको भाडा मासिक ५ हजार रुपैयाँ तिुर्न पर्छ । साथै ११ जना सदस्य रहेको परिवारको खर्च पनि यसै आरानको कमाइले धान्नु पर्दा
निकै सकस परेको उनको भनाई छ । पहिले आफ्ना बाबुको पालामा बालिघरे प्रथा अनुसार आरन चलाएर परिवार पाल्न सजिलो भएपनि अहिले भने समस्या पर्दै गएको उनको भनाइ छ ।

तस्विर : नारायण वली

४२ बर्षदेखि आरन पेशालाई आफ्नो मुख्य पेशा बनाएका कामीले आरनमा काम गर्ने बाहेक अरु सीप नभएकाले पुर्खादेखि चलिआएको पेशालाई निरन्तरता दिँदै आएको बताए ।

आरनबाट राम्रो आम्दानी हुन नसक्दा परिवारको सामान्य आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था सिर्जना भएकोमा उनले दुखेसो पोखे ।

जंगलमा कोइला काट्न कडाई गरेसँगै आफ्नो पेशा संकटमा परेको बताउँदै उनले भने, ‘पेशा संकटमा पर्दा पनि आरन चलाउनु रहर नभएर बाध्यता हो । एकदिन घन नकुटे साँझ–बिहान हात मुख जोड्नै समस्या हुन्छ ।’

काजीमान कामी एक प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय घन ठोक्नु पर्ने बाध्यता र आरनकै भरमा जीवनयापन गर्नु पर्ने देशभरका थुप्रै आरन व्यवसायीको पेशा संकटमा पर्दै गएको छ ।

फलामलाई तताएर घनले पिट्दा लाग्ने भोक पानी पिएर मेटाउने गरेको अनुभव उनले सुनाए । कामीले फलामलाई पिटेर खुकुरी, खुँडा, बञ्चरो, दाउ, हँसिया, कुटो, कोदालो र ओदान लगायतका सामाग्री बनाउने गरेको बताए । परम्परागत रुपमा यसरी बनाइएको सामग्री बिक्रीबाट आउने रकम नै उनीहरुको मुख्य आम्दानी हो ।

परम्परागत आरन व्यवसाय गर्दै आएका उनीहरुले राज्यबाट आफूहरु अझै उपेक्षित बनेको गुनासो गरे ।

कामीले भने, ‘सरकारी वा गैरसरकारी क्षेत्रबाट सहयोग भए परम्परागत पेशालाई आधुनिक बनाउन सकिन्थ्यो र जसले गरी खाने सहज वातावरण बनाउन सक्थ्यो ।’

स्रोत साधनको अभावमा उनीहरुको पेशा लोप हुने अवस्थामा पुगेको छ । अहिले सञ्चालनमा रहेका आरन पेशा संकटमा पर्ने हो भने उनीहरुको भान्सामा आगो बल्ने अवस्था बन्द हुने देखिन्छ ।

यो पेशा व्यवसायीक र आर्थिक वृद्धि तर्फ अगाडि बढ्न नसक्दा पछिल्लो समय युवाहरु आकर्षित हुन सकिरहेका छैनन् । यसले उनीहरुमा पेशाप्रति वितृष्णा जाग्न थालेको छ ।

तर, पनि परम्परा जोगाउन मरिहत्ते काजीमान कामीलगायतका आरन पेशा गर्नेहरुको जीवनस्तर भने कहिल्यै माथि उठ्न सकेको छैन । दिनभर फलामको सामाग्री बनाए बापत उनले ३ देखि ८ सय रुपैयाँ कमाउने गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ३ : ३६ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा